logo-img

रमेशजंगको व्यंग्य : टोपबहादुर एमालेकै सन्तान हो भन्नुपर्ने रैछ

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरू देशको माननीय हराएका कारण खोजी गरेको रूपमा लिन आग्रह गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समय माग गर्दै उनले स्पष्टीकरण दिएका हुन् । उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्नेक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोराको रूपमा भने पनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरे ।   

‘मैले अस्ति बोल्नेक्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरूले आफ्नै सन्तान बनाउन हिजो साथीहरूले भन्नुभयो, मैले उहाँहरूको आफ्नै सन्तान हो, झड्केलो होइन भनेको भए खुसी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देशभित्र न देश बाहिर जानकारी नहुँदा खोजी गरेको हो । यसमा उहाँहरूले आपत्ति जनाउनुभयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ,’ रायमाझीले भने । 







  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार ११:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया