दुईदिने भ्रमणका लागि नेपाल आइपुगे अष्ट्रेलियाली सहायक विदेशमन्त्री

अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुन सक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सो अवसरमा उनले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्ने जनाइएको छ । 

अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ । हाल करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्छन् ।





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार २१:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया