ठूला दलले साना दल र स्वतन्त्र सांसदलाई हेपे : अमरेशकुमार सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराए पनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको उनको आरोप छ । 

कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्न आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरे पनि ठूला पार्टीले जहिले पनि हेप्ने ? स्वतन्त्रलाई बोल्न नदिने ? साना पार्टीलाई बोल्न नदिने ? आफूलाई नै संसद भवन ठान्ने ?

संसदमा विचारको प्रतिनिधित्व हुने स्थान रहेको भन्दै उनले भने, ‘काग्रेसको चारजना किन बोल्नुपर्यो ? एमालेको तीनजना किन बोल्नुपर्यो ? एकजना बोले पनि विचारको प्रतिनिधित्व हुन्छ नि !

प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको उनको टिप्पणी छ । 
 





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार २०:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया