logo-img

महिला भलिबलमा नेपालकाे विजयी सुरुवात

सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेकाे छ। समूह ‘ए’मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएकाे खेलमा अ‍ोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शनमा नेपालले सहज जित निकालेकाे हाे । 

सुरुवातमा प्रतिस्पर्धा भए पनि नेपालले ८–७ बाट अग्रता लिँदै पहिलो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।



दोस्रो सेटमा भने नेपालले २५–१९ को प्रतिस्पर्धात्मक जित निकाल्यो । दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखिको अग्रतालाई कायम राख्दै जित निकाल्न सफल भइन् ।

तेस्रो सेटमा किर्गिस्तानले एक समय अग्रता लिए पनि नेपालले खेलमा फर्कदै २५–११ को सोझो सेटमा जित निकाल्न सफल भयो । ४–६ ले पछि रहेको नेपालले लगातार ११ अंक जोड्दै खेललाई १५–६ को स्थितिमा ल्याएर जिततर्फ अघि बढेको थियो ।

यस जितसँगै नेपालले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छ ।आज नै उज्वेकिस्तान र भारतले पनि विजयी सुरुवात गरिसकेको छ ।



उज्वेकिस्तानले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ । आज नै लिगको अन्तिम खेलमा माल्दिभ्स र काजकस्तानबीच खेल हुनेछ ।



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १९:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया