युवा देशमै नरहनु राम्रो सङ्केत होइन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको संख्या देशमा घट्दै जानु सुखद नरहेको बताएका छन् ।

शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताए । 

‘युवाले पार्टी र देशबाट के खोजिरहेको यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो सङ्केत होइन । युवालाई काङ्ग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासङ्घले समेत भूमिका खेल्नु जरुरी छ,’ कोइरालाले भने । उनले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रित भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए ।

कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकारे । ‘कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ,’ उनले भने, ‘समयानुकूल परिमार्जित गर्दै महासङ्घलाई अगाडि बढाउनु जरुरी छ । यहाँ काङ्ग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।’ 

उनले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नुपर्ने पनि बताए । 





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार ७:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया