मेस्सी र रामोसको अन्तिम खेलमा पिएसजी स्तब्ध

पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वानको आफ्नो अन्तिम खेलमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको छ । पिएसजी दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा क्लेरमन्ट फुर्टसँग स्तब्ध भएको हो । 

क्लेरमन्ट फुर्ट​को जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले समान १ गोल गरे । 

खेलको १६औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । २१औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । तर, २४औँ, पहिलो हाफको इन्जुरी समय र ६३औँ मिनेटमा क्लेरमन्ट फुर्ट​ले गोल गर्दै खेल ३–२ ले जित्यो ।

पिएसजीका लागि रामोस र लियोनल मेस्सीको यो अन्तिम खेल थियो । उनीहरूले सिजनको अन्त्यसँगै पिएसजीबाट अलग हुने निर्णय गरिसकेका छन् ।  

अन्तिम खेलमा हार बेहोरे पनि पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । उसको ३८ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै लेन्सले ८४ अंक जोड्यो । यस्तै, क्लेरमन्ट फुर्ट ५९ अंकका साथ आठौँ स्थानमा रह्यो ।





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ७:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया