नेकोसको रसुवा अध्यक्षमा विराज तामाङ

नेपाल खेलकुद महासंघ रसुवाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम धुन्चेमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले विराज तामाङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

नेकपा एमालेका भातृसंगठन नेपाल खेलकुद महासंघ रसुवाको जिल्ला सम्मेलन श्लोक तामाङको अध्यक्षता र केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सल्लाहकार सदस्य छोवाङ तेन्जिङ तामाङ, नेकोस निर्वाचन आयोगका प्रमुख रामकृष्ण खड्का र नेकपा एमाले रसुवा पार्टी कमिटीका उपसचिव कैसाङ नुर्बु तामाङको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेकोसका केन्द्रीय उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र निरेशलाल सिंह महर्जन, केन्द्रीय सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्का, कोषाध्यक्ष उज्वल सुबेदी, स्थायी कमिटी सदस्य हरिवंश कडरिया र शलिल प्रधान, केन्द्रीय सदस्य तेम्पासिंह तामाङ र बागमती प्रदेश कमिटीका अध्यक्ष सीताराम कार्कीको उपस्थिति थियो ।

त्यसैगरी, रसुवा जिल्लाको प्रथम अधिवेशनबाट विराज तामाङको अध्यक्षतामा १७ सदस्यीय चयन गरिएको केन्द्रीय सचिव एवं प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिए । नेकोसले संगठन विस्तारको कार्यलाई देशव्यापी ररूपमा सञ्चालन गरिएको समेत प्रवक्ता खड्काले बताए । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार २०:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया