मोदीले सीमा समस्या समाधानका लागि गम्भीर भएर लागिपर्ने बताएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै उनले त्यस्तो बताएका हुन् । 

उनले दुई मुलुकबीचको सीमालगायतका थाती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबीसमेत गरे । 

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताए । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भिररूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकिर समेत गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘भेटवार्तामा सीमा सम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेसमिटको अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराए । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १२:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया