बजेटको प्रशंसा गर्दै गभर्नरले भने– लक्ष्य परिपूर्ति गर्नेगरी मौद्रिक नीति आउँछ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताए । मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने उनको भनाइ छ । 

मौद्रिक नीतिको लागि राय सुझाब लिन सुरु गरिएको बताउँदै उनले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि ल्याएको बजेटको प्रशंसा गर्नुभयो । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने उनको प्रतिबद्धता छ । 

गभर्नर अधिकारीले यो वर्ष राजस्वमा परेको दबाब न्यूनीकरण गर्न धेरै काम भएको बताए । सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । बजटले भनेजस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार २१:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया