मधेस सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । दिउँसो ३ बजे बस्ने पहिलो अधिवेशनको २० औँ बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । 

बैठकलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सम्बोधन गर्दै सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारलाई १ असारमा वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । ​

उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको र आयोग एवं अनुत्पादक क्षेत्रको आयोजनाहरूमा कटौती गरिएको अर्थमन्त्री यादवले जानकारी दिए । 

सरकारले पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई राख्दै कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने सीपमूलक दीर्घकालीन योजनाहरू नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए । 

नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधारलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको अर्थमन्त्री निकट एक नेताले जानकारी दिए । 



सभामुख रामचन्द्र मण्डलले सबै प्रदेश सभा सदस्यहरूलाई आ–आफ्नो भेषभुषामा सजिएर अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन् । 
 



  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ९:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया