काठमाडौंमा ‘मिनी अस्ट्रेलिया कार्निबल’ हुने

काठमाडौंमा युनिक्याम्पस ग्लोबल र मिनी अस्ट्रेलियाको सहकार्यमा ‘मिनी अस्ट्रेलिया कार्निबल’ आयोजना हुने भएको छ । मनोरञ्जन, संगीत र विदेश अध्ययनकालागि शानदार उत्सवको रूपमा परिचित मिनी अष्ट्रेलिया कार्निबल यही जुन १५ र १६ मा पुतलीसडकस्थित युनिक्याम्पस ग्लोबलको प्राङ्गणमा आयोजना हुने भएको हो । 

उक्त कार्यक्रम सबै उमेरका सहभागीहरूका लागि अविस्मरणीय अनुभवको प्रतिज्ञा गर्दै मिनी अस्ट्रेलिया कार्निबलले स्थानीय समुदायकालागि अविस्मरणीय अनुभव प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा अस्ट्रेलियाली संस्कृर्ति, मनोरञ्जन र शैक्षिक अवसरहरूको उत्कृष्ट प्रदर्शन गर्ने जीवन्त प्लेटफर्म सिर्जना गर्ने लक्ष्य राखेको आयोजकको भनाइ छ । विभिन्न मनोरन्जनात्मक प्रदर्शन र गतिविधि हुनुकासाथै यो कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षा ग्रहण गर्न चाहने विद्यार्थीकालागि मार्गदर्शकको काम पनि गर्ने आयोजकको उदेश्य रहेको छ ।

मिनी अस्ट्रेलिया कार्निबलमा मनोरञ्जन  केन्द्रबिन्दु हुनेछ, जहाँ विभिन्न कार्यक्रममार्फत सहभागीलाई मोहित पार्ने र रमाइलो प्रदान गर्ने प्रयास गरिने आयोजकले बताएको छ । प्रख्यात स्ट्यान्ड–अप कमेडियन सज्जन श्रेष्ठ र विशाल गौतमले आ–आफ्ना अनुपम हाँस्य कलालाई दर्शक समक्ष प्रस्तुत गर्नेछन् । दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाउनेछन् । शहरका लोकप्रिय ब्यान्डहरूले आ–आफ्ना प्रस्तुतीमार्फत दर्शकलाई स्वतस्फुर्त रुपमा आफुसँगै नाँच्न र गाउन प्रोत्साहित गर्नेछन् । 

अविश्वसनीय मनोरञ्जनका अतिरिक्त, मिनी अष्ट्रेलिया कार्निबलले स्थानीय प्रतिभाहरुलाई उनीहरूको कला,शैली र रचनात्मकता प्रदर्शन गर्न आमन्त्रण पनि गरेको छ । सहभागीहरूले उदीयमान कलाकार,संगीतकार र कलाकारलाई आफूसँगै पाउनेछन् । उनीहरुले पनि दर्शकको साथ र स्याबासीका साथ  आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउनेछन् । 

मिनी अस्ट्रेलिया कार्निबलले सबै उमेरका सहभागीहरूका लागि अन्तरक्रियात्मक खेल र गतिविधि पनि प्रस्तुत गर्नेछ । आकर्षक उपहार र पुरस्कार पनि प्रदान गरिने यो कार्यक्रममा सहभागीलाई रमाइलो र उपयोगी बनाउन हरसम्भव प्रयास गरिने आयोजकको भनाइ छ । 



अष्ट्रेलियामा अध्ययनका लागि आधिकारिक र उपयोगी जानकारी खोज्नेहरूकालागि पनि यो कार्निबल विशेष उपयोगी हुने आयोजकको भनाइ छ । अष्ट्रेलियाको शिक्षामा विशेषज्ञ मानिएको युनिक्याम्पस ग्लोबलका अनुभवी र क्षमतावान सल्लाहकारहरु विशेषज्ञ सल्लाह प्रदान गर्न, प्रश्न र जिज्ञासाहरूको जवाफ दिन तथा शैक्षिक अवसरहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्न मिनी अस्ट्रेलिया कार्निबलमा उपलब्ध हुनेछन् । 



सही पाठ्यक्रम, छात्रवृत्ति वा भिसा प्रक्रियाका लागि सहभागीहरूले यो कार्यक्रमबाट अष्ट्रेलियामा अध्ययन गर्ने आफ्ना सपनाहरू पछ्याउन व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने अवसर पाउनेछन् ।

‘यो असाधारण कार्यक्रमकालागि मिनी अष्ट्रेलियासँग साझेदारी गर्न पाउँदा हामी हर्षित छौँ’, युनिक्याम्पस ग्लोबलका सीइओ घनश्याम घिमिरेले भने, ‘मिनी अष्ट्रेलिया कार्निबल समुदायका लागि एकै ठाउँमा आउन र मनोरञ्जन र विदेशमा अध्ययन गर्ने बहुमूल्य अन्तरदृष्टिहरूको जीवन्त उत्सवको आनन्द लिने अवसर हो ।’ 

सिइओ घिमिरेले भने,‘यो कार्यक्रमले मनोरञ्जन मात्र होइन,व्यक्तिका सपनाहरू पछ्याउन प्रेरणा दिनेछ र त्यसलाई अझ सशक्त पनि बनाउनेछ ।’ मिनी अस्ट्रेलिया कार्निबलमा प्रवेश निःशुल्क छ र सबैकालागि सहज पनि छ । जुन १५ र १६ को दिन आफ्नो सम्झनामा राख्न र यी दुई दिनलाई जीवनकै उल्लासमय र उपयोगी बनाउन आयोजकले आग्रह गरेको छ । जाने होइन् त,अष्ट्रेलिया कार्निबलमा ? 

  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १२:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया