कोरियामा एक सातामा दुई नेपाली युवकको मृत्यु

ईपीएसमार्फत दक्षिण कोरिया गएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण र शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको हो । 

विनोद बिहान मर्निङवाक गर्दै गर्दा एक्कासि बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए ।     

त्यस्तै, अनान सुतेको अवस्थामा मृत भेटिएका थिए । राजधानी सोलदेखि ३ सय किलो मिटर दक्षिण पूर्वी क्षेत्र छुङछन नाम्दोको बंगुर फार्ममा राई बिहीबार बेलुकासम्म काम गरिरहेका थिए ।

शुक्रबार बिहान सबै काममा जाँदा पनि उनी नआएपछि कोठामा हेर्न जाँदा मृत अवस्थामा रहेको सोही कम्पनीमा काम गर्ने नेपालीले जनाएका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार २०:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया