मधेस सरकारले ३५ अर्ब बराबरको बजेट ल्याउँदै
फाइल तस्बिर

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । 

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको उनले जानकारी दिए ।उनले चालू आर्थिक वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने जानकारी दिए । सचिव भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए । 

अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा रहेको र संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने उनले जानकारी दिए । 

गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा १८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीनदिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । 

मधेस प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १५:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया