नगराइन–२ का वडाध्यक्ष यादव र वडासचिव झा अख्तियारको फन्दामा

धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिव अख्तियारको फन्दामा परेका छन् ।

बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई बुधबार साँझ पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिसबापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिसन मागेका थिए । 

अख्तियारको टोलीले चौधरीको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार १८:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया