काठमाडौं महानगरपालिकाले बन्द गरायाे हिसान शैक्षिक मेला

काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । स्थानीय तहसँग समन्वय नगरी मेला चलाइएको भन्दै महानगरले मेला बन्द गराएकाे हाे ।

एसइईको नतिजा प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको जनाएको हाे । महानगरका प्रहरी पुगेर मेला बन्द गराएका हुन् ।

भोलिदेखि कुन कुन विषय पढाइ हुने भन्ने जानकारी गराएमा सञ्चालन गर्न दिने तयारी रहेको बताइएको छ । यसका लागि सहमतिको प्रयास भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १६:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया