शिक्षा इकाई धनुषाका प्रमुख आयुक्त शर्मालाई अज्ञात समूहले दल्यो कालोमोसो

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख आयुक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ । 

शुक्रबार दिउँसो ७/८ जनाको समूहमा प्रमुख शर्माको कार्यकक्षमा पुगेका युवाहरूले उनीमाथि कालोमोसो दलेका हुन् । यद्यपि कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । 

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले प्रमुख शर्मामाथि कालोमोसो दल्नेहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।   

उनले सिसीटिभी भुटेको आधारमा उनीहरूको खोजी भइरहेको बताए । शिक्षकको सरुवामा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १७:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया