बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट [पूर्णपाठ]

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आवका लागि बजेट प्रस्तुत गरे । प्रदेश सरकारले आगामी आवका लागि चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरेको छ । 

साथै खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २५ अर्ब १७ करोड २६ लाख र अनय राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट१७ अर्ब ८१ करोड २३ लाख, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको मन्त्री लामाले जानकारी दिए ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशको  कुल गार्हस्थ्य उत्पादन १९ खर्ब ८१ अर्ब ३३ करोड रहने र आर्थिक वृद्धिदर एक दशमलव आठ प्रतिशत हुने अनुमान गरेको छ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ३ अर्ब ३८ करोड छुट्याएको छ भने पर्यटन उद्योग तथा सहकारी मन्त्रालयका लागि २ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । 

प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ३ करोड, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई रु ७७ करोड ६ लाख, स्वास्थ्य मन्त्रलायलाई ४ अर्ब ७ करोड रुपैयाँ रकम विनियोजन गरिएको मन्त्री लामाले बताए ।  



सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २१ अर्ब ६६ करोड, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयलाई ७ अर्ब ४७ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ६१ करोड ७८ लाख बजेट छुट्याएको छ । 

हेर्नुस् पूर्णपाठ :




  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १८:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया