शेखर कोइरालाको चिन्ता : औचित्य पुष्टि गर्न नसके कांग्रेस नाममा सीमित बन्छ
‘नेपाल भूराजनीतिक भुमरीमा फस्दैछ’
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताए । ​कोराइलाले कांग्रेसले सिद्धान्तहरूलाई छोड्दै जानु चिन्ताको विषय भएको बताए । 

‘नेपाली कांग्रेसको विगतको जुन चरित्र थियो । त्यो चरित्रमा कता–कता अलमलिएको हो कि भन्ने मलाई लाग्छ । नेपाली कांग्रेस धेरै व्यवहारवादी भयौँ । व्यवहारवादी हुँदा हामीले कतै गल्ती गरिरहेका हुन्छौं । नेपाली कांग्रेसको इतिहास हेर्दा गौरवमय छ । निरङ्कुशका विरुद्ध लड्दा कहिल्यै पनि चुकेको छैन । त्यसपछिका दिनमा नेपाली कांग्रेस व्यवहारवादी भएर चुक्दै गएका छौँ,’ उनले भने, ‘सिद्धान्तहरूलाई छोड्दै जान्छौँ । यो कुरा नेपाली कांग्रेसको लागि चिन्ताको विषय बनेको छ । अब संस्थाहरूको ४ वर्षमा लेखाजोखा गरेजस्तै अब राजनीतिक पार्टीहरूले पनि ५/६ वर्षमा पार्टीहरूको औचित्य पुष्टि गर्न जरुरी भएको छ ।’ 

कोइरालाले कसैले पनि लोकरिझ्याइँको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताए । उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको पनि उल्लेख गरे ।  

‘अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सवल छैनन्, संसद नै हेर्नुस् । संसद् हो की होइन भन्ने लाग्न थालेको छ । संसदमा दोहोरी हुन्छ । संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिन्छ । तर प्रमुख प्रतिपक्ष दलको नेताले म बोल्छु भन्नुहुन्छ । त्यो संसदीय मर्यादा विपरीत हो । तर हामी कतै बोल्दैनौँ र लेख्दैनौँ पनि अनि कसरी लोकतन्त्र फस्टाउँछ । प्रधानमन्त्री बोलिरहेको अवस्थामा प्रधानमन्त्रीसँग दोहोरी खेल्न हुँदैन,’ कोइरालाले भने, ‘त्यो गलत हुन्छ । यस्तो काम सबै लोकप्रियताको लागि गर्दैछन् । चारैतिर टेलिभिजनमा हेरेर मेरो मान्यले यस्तो बोल्यो । ठीक गर्‍यो प्रधानमन्त्रीलाई कठघरमा उभ्यायो । त्यो गर्ने समय हुन्छ । यसरी लोकप्रियताले केही समयको लागि ठिकै होला ।’ 

कोइरालाले राजनीति देशमा कुनै पनि ठाउँमा राम्रो नरहेको दाबी पनि गरे । उनले सरकारले संवैधानिक निकायहरू निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका निकायको अधिकार कटौती गर्दासमेत सांसद मौन बसेको बताए । कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताए ।  



‘मुलुकको राजनीतिले कुनै पनि क्षेत्रमा राम्रो छैन । विश्वविद्यालयहरू हेर्नुभयो भने त्यस्तै छ । अहिले के अवस्थामा विश्व विद्यालयहरू छन् । एउटा मात्रै विश्वविद्यालयको कुरा गरेको छैन । देशभरका विश्वविद्यालयको अवस्था एउटै छ । विद्यार्थीहरूको आचरण हेर्नुस् । मलाई नेविसंघदेखि चित्त बुझेको छैन । त्यो अवस्थामा देश गइरहेको छ । सरकारका संवैधानिक निकायहरू निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग हेर्नुस्,’ कोइरालाले भने, ‘अधिकार नै सरकारले काटिदियो । हामी सांसदहरू चुप लागेर बस्छौँ । अनि आशा के गर्छाैँ भने डेमोक्रेसी फस्टाओस् । दण्डहीनता नहोस् । मानव अधिकार आयोगको अधिकार कटौती गरेपछि दण्डहीनता बढ्छ । आयोग एउटा अधिकार लिएर बेलेको हुन्छ । सरकारले मुलुकमा सुशासन दिन सकेकै छैन ।’  

उनले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीति हाबी हुँदै गएकोप्रति चिन्तासमेत व्यक्त गरे ।  
 



  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १९:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया