logo-img

संखुवासभामा बाढीले बगाउँदा एकको मृत्यु, १७ जना सम्पर्कविहीन
फाइल तस्बिर

संखुवासभाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एकजनाको शव फेला परेको हो । 

शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका–४ पेङ्कोट र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टीकाराम राईले जानकारी दिए । उनका अनुसार परियोजनामा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् । 



खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिए । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । 
 





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार ७:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया