मेडिकल विश्वविद्यालको आन्दोलनमा सरकारी गाडी तोडफोड

कैलालीमा सरकारी गाडी तोडफोड गरिएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै मंगलबार आज बिहान ९ देखि १२ बजे सम्म सरकारी गाडी सञ्चालनमा रोक लगाएको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बन्द गरेको हो ।

गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडीमा तोडफोड भएको हो । तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तरगत कैलालीका विभिन्न राजमार्गहरुमा सरकारी सवारी साधनलाई चल्न दिएका थिएनन् ।

संघर्ष समितिले माघ २९ गतेको निर्णय कार्यान्वयन गरी चालू अधिवेशनमै मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।

समितिले आन्दोलनको क्रममा परेका २ जनालाई यथाशीघ्र रिहाइ गर्न माग गरिएको छ । रिहाइ नभएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । 

आन्दोलनका क्रममा दीपक बोहरा र भाेज बोहरा पक्राउ परेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १६:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया