सुदूरपश्चिममा बुधबार शोक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।

मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। ​सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने जानकारी दिए।​

मंगलबार दिउँसो २ बजे डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो । 

मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको कोहलपुरमा उपचार भइरहेको छ।





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार २२:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया