अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर सरकारले कार्यान्वयनमा बेवास्ता गर्‍यो : प्रकाशमान सिंह
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा बेवास्ता गर्नु जायज नभएको बताए । उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । नेता सिंहले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले  अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले  १०६ मा झरेको बताए ।

उनले भने, ‘टेक्नोलोजी एकदमै फास्ट परिवर्तन भइरहेको छ । कागजी राहदानीबाट विद्युतीय राहदानीमा जाने निर्णय सरकारले गरिसकेपछि निर्णय कार्यान्वयन गर्नको लागि वास्ता नगर्ने हो की ? सरकारले निर्णय अन्तर्राष्ट्रिय स्ट्याण्डरको गर्ने तर लागू गर्ने बेलामा समस्याहरू देखा पर्ने अनि जनताले मार खानुपर्ने भएकाले जनप्रतिनिधिहरूलाई प्रभाव परेको छ । सरकारको ध्यान यति जानुपर्ने जरुरी छ । राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा  १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरू अपनाउनुपर्ने हो।  त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’

समितिमा बोल्दै कांग्रेस नेता विमलेन्द्र निधीले नेपाली राहदानीमा राजनीतिक व्यक्तिहरूका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए । उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरूले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए । उनले नेपाली राहदानी बोकेर विदेश जाँदा सानो कुराहरूले रोकिदिने गरेको बताए । 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १६:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया