logo-img

गण्डकी प्रदेशसभा सदस्यको गुनासो- शून्य समयमा राखिएका कुरा पूरा भएनन्

गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबिउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराएका हुन् । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चार/पाँच ठाउँमा भत्के पनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए ।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बिउको अभाव लगायतका कुरा उठाउने गरे पनि त्यसको आजसम्म कुनै जवाफ नआएको जनाउँदै शून्य समयको औचित्यबारे प्रश्न गरे ।



प्रदेशसभा सदस्य चम्पादेवी खड्काले साढे दुई दशकअघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको वागलुङ उपल्लाचौरदेखि बिउ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि सातवर्षसम्म पनि कालोपत्र नभएको जनाउँदै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानाकर्षण गराए । 

अर्का सदस्य बेदबहादुर गुरुङले गत ३१ र ३२ जेठ तथा यही ३ र ४ असारको बाढीका कारण मादीको ताङतिङ-सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा भक्तबहादुर कुँवर, सुधीरकुमार पौडेललगायतले समसामयिक विभिन्न विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका थिए । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १४:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया