logo-img

डडेल्धुरामा खोलामा मिनी ट्रक खस्यो

डडेल्धुराको एक खोलामा मिनी ट्रक खसेको छ । केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको हो । 

सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । 

खाद्यान्न बोकेको उक्त ट्रक डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाइरहेका थिए । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । ट्रक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 







  • प्रकाशित मिति : असार ११, २०८० साेमबार ९:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया