‘पशुपतिनाथले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने ?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै उनले प्रश्न गरे । 

सांसद खतिवडाले नेपाली कांग्रेस कसैलाई मिथ्या आरोप लगाएर राजनीति गर्ने पक्षमा नरहेको बताए । 





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार २०:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया