इपिएसमार्फत ९३ हजार नेपाली कोरिया पुगे

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हालसम्म ९३ हजार नेपाली कोरिया गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सो जानकारी गराएका हुन् । 

हाल ४५ हजार नेपाली कोरियामा कार्यरत छन् । गत आर्थिक वर्ष मात्रै पाँच हजार नौ सय ४१ जना कोरिया गएका थिए । चालू आवको जेठ मसान्तसम्म २० हजार एक सय ९२ जना कोरिया पुगेका छन् ।

सरकारी माध्यमबाट कोरिया पठाउने कार्य प्रभावकारी भइरहेको र कोरिया भाषा पास गरेका नेपालीलाई चाँडो गन्तव्यमा लैजान कोरियाका अधिकारीसँग समन्वय र छलफल भइरहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार २२:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया