देश विकासको बाधक नै असारे विकास : सांसद सिंह

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उनको तर्क छ । 

असारे विकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने उनले बताए । 
 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १७:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया