logo-img

यूएईकाे पहिलो विकेट करणकाे नाममा

जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  यूएईविरुद्धको प्लेअफ खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् । करणले आक्रामक ब्याटर आसिफ खानलाई शून्यमै पवेलियनको बाटो देखाए । 

हरारेमा रहेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । विश्वकप छनोटको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्लेअफ खेलिरहेका हुन् । 



यो खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीले  नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १३:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया