गरिब जनतालाई विनाधितो बैंकबाट ऋणको ग्यारेन्टी गर्न माग

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँ–गाउँमा गरिब जनतालाई विनाधितो बैंकले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हन् । सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूला व्यापारीलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए । 

ठूला व्यापारीसँग ठूला नेताहरुको मिलेमतो हुने गरेकाले बैंकहरुले पनि ठूला व्यापारीलाई नै अर्बौंको ऋण दिने गरेको आरोपसमेत उनले लगाए । बैंकहरुले गरिबलाई मर्दा र अति आवश्यक पर्दा पनि विनाधितो ऋण नदिएको उल्लेख गर्दै उनले त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराए । 

सांसद सिंहले गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरुलाई राज्यले नै जमानी बसेर बंैकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १५:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया