प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरे ।
गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनपछि राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो ।
सरकारका कामकारबाहीप्रति असन्तुष्टि राख्दै समर्थन फिर्ता लिने तयारी तयारी गरेपछि प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
जवाफमा अध्यक्ष राउतले पार्टीभित्र छलफल गरेर जानकारी दिने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।