ऋणको उपयोग गर्ने नीति लिइएको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा. महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताए । 

उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताए । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन गर्ने हिसाबले प्रस्ताव गरेको उनको भनाइ छ । 

वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै उनले कहिलेकाहीँ साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको अवस्थामा मात्र आन्तरिक ऋणबाट समाधान गर्ने स्पष्ट पारे  । मन्त्री डा. महतका अनुसार अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिने बजेट उन्मुख रहेको छ । 

ठूलो ऋणभार भएको विषयमा उठेका प्रश्नमा उनले धेरै ठूलो ऋण नभएको भन्दै ठूला भवन निर्माण र ऋण लिदाको सर्त हेरेर, सहुलियतका आधारमा, कम सर्तमा आधारमा, मापदण्डमा सरकार सचेत रहेको बताए । 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १८:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया