नासु कुटेको आरोपमा कर्मचारी आन्दोलित, वकिल पक्राउ गरेको भन्दै बार आन्दोलित
सोमबार बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने

नेपाल बार एसोसिएसनले सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले प्रेस विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा यही असार १८ गते दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी  नगर्ने जनाएका हुन् । 
    
जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई अदालतभित्रै हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । यही असार १३ गते जिल्ला अदालत ललितपुरमा लामिछानेले तामाङमाथि आक्रमण गरेको कर्मचारीको आरोप छ ।

नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आज तीन घण्टा काम नगरी विरोध जनाएका थिए । 

यता, बारले भने थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेलगायत माग राखेर विरोधको घोषणा गरेको हो । 

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछाने पक्राउ परेका हुन् । 





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार २२:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया