logo-img

नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य, नरेन भट्टको आक्रामक शतक
तस्बिर : क्यान

युवा ब्याटर नरेन भट्टको शतकको मद्दतमा एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ ।

बायुएमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो । नेपालका लागि नरेनले ८९ बलमा १० चौका र २ छक्काको मद्दतमा अविजित ११२ रन बनाए ।

उनले ८२ बलमै शतक पूरा गरेका थिए । जारी प्रतियोगितामा शतक बनाउने नरेन पहिलो नेपाली ब्याटर हुन् । यस्तै, निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दीपु कुमारले ५, कप्तान अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतीक भट्टराईले १ रन जोडे । 



मलेसियाका लागि मोहम्मद अकरमले ७ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको थियो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो ।    

हालसम्म दुईपटक उपाधि जितिसकेको नेपाल आज पनि च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपालले पछिल्लोपटक २०१९ मा थाइल्याण्डमा भएको यू–१६ इष्ट जोन कपको फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।  

यसपटक नेपाल मलेसियालाई नै हराउँदै उपाधि ह्याट्रिक गर्न चाहन्छ । मलेसिया घरेलु मैदानको फाइदा उठाउँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ ।  



यद्यपि नेपाललाई हराउँदै उपाधि जित्न मलेसियालाई सहज छैन । ऊ समूह चरणमा नेपालसँग ८४ रनले पराजित भएको थियो ।



  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १०:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया