logo-img

मलेसियाविद्ध अभिषेकको सानदार बलिङ, ७ रन दिँदा लिए ५ विकेट

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध नेपाली कप्तान अभिषेक तिवारीले घातक बलिङ गरेका छन् । उनले ५ ओभर बलिङ गर्दा महत्वपूर्ण ५ विकेट लिएर ७ रन मात्र दिएका छन् । 

अभिषेकले मोहम्मद अस्कल (शून्य), कप्तान मोहम्मद अलिफ (२), हमजाह पङ्गी (शून्य), मोहम्मद हरिललाई (४) र एरियान अकिललाई शून्यमै पवेलियनको बाटो देखाए । 

यस्तै, सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिएका छन् ।  यो अवस्थासम्म मलेसियाले ९ विकेट गुमाएर ३० रन जोडेको छ  । 



त्यसअघि बायुएमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो । उसका लागि नरेनले ८९ बलमा १० चौका र २ छक्काको मद्दतमा अविजित ११२ रन बनाए । उनले ८२ बलमै शतक पूरा गरेका थिए । 

जारी प्रतियोगितामा शतक बनाउने नरेन पहिलो नेपाली ब्याटर हुन् । यस्तै, निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दीपु कुमारले ५, कप्तान अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतीक भट्टराईले १ रन जोडे । 

मलेसियाका लागि मोहम्मद अकरमले ७ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको थियो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो ।   



हालसम्म दुईपटक उपाधि जितिसकेको नेपाल आज पनि च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपालले पछिल्लोपटक २०१९ मा थाइल्याण्डमा भएको यू–१६ इष्ट जोन कपको फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।   



  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार ११:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया