पाँचथरमा बाढीले २६ ड्रम डिजेल बगायो, चालक सकुशल

पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित बाढीमा २६ ड्रम डिजेल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बर को टिपर फस्दा डिजेल ड्रम बाढीले बगाएको हो ।    

मंगलबार बिहान ४ बजे टिपर फस्दा प्रतिड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा ५ हजार ११२ लिटर डिजेल नोक्सान पुगेको जनाइएको छ ।

दोलखा जिरी नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

बाढीमा फसेको टिपर आधा पुरिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १२:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया