logo-img

गोरु पाल्ने किसानलाई ५ हजार भत्ता
फाइल तस्बिर

गाउँमा खेतीयोग्य जमिन बाझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । 

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर ५ हजार रुपैयाँ भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।



उनका अनुसार नयाँ किन्नेलाई ५ हजार रुपैयाँ, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरूपमा २ हजार ५ सय रुपैयाँ भत्ता दिइनेछ ।  

अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो ।

‘घरमा गोरु पालियो भने खेतबारी बाझिँदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ,’ वडाध्यक्ष पोखरेलले भने ।



कृषिलाई बढावा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउँछन् । अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक २ हजार ५ सय रुपैयाँसम्म ज्याला रहेको छ । 

घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ । रासस 



  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार ८:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया