logo-img

नाबालिग बलात्कार घटनामा एलओडी क्लबका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ। 

क्लबमा पुगेकी १६ वर्षीया भनिएकी नाबालिग ललितपुरमा  बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो ।

गत ३१ जेठ बुधबार राति ललितपुरको बागडोलमा नाबालिगको बलात्कार भएको थियो । एलओडी क्लब पुगेकी  नाबालिगलाई त्यहाँबाट पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेको बताइएको छ । 



त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी कोइराला पक्राउ परेका थिए । नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ। 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १३:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया