logo-img

मुख्यमन्त्रीका लागि सभामुखको समर्थन कानुनी शासनको विपरीत : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सभामुखले समर्थन गर्नु असंवैधानिक हुने दाबी गरेका छन् । 

सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सरकार गठनको प्रस्ताव गरेपछि काइरालाले त्यसप्रति असहमति व्यक्त गरेका हुन् । ​कांग्रेस नेता कोइरालाले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुने बताएका छन् ।

उनले वक्तव्यमा भनेका छन्,– प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ। 



प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संवैधानिक व्याख्या नरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरीत हुन जान्छ। 

सभामुखको भूमिका संवैधानिक व्यवस्थापिका संसदको कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया