logo-img

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

उनलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले आजै मन्त्रिपरिषद गठन गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि शपथ ग्रहण गरेका छन् । 







  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार १०:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया