काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिका लागि तोक्यो परीक्षा मिति

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ । 

यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पुरा भएको मेयर बालेन शाहले बताएका छन् । 





  • प्रकाशित मिति : असार २३, २०८० शनिबार ८:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया