बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरु खुसी छैनन् : सांसद स्वाँर

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट रहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्टिका साथ पास नहुने उनले बताए । खर्च कटौतीको प्रस्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको उनले बताए । 

‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्युहरुले खर्च कटौतिको प्रश्ताव पेस गर्नुभयो। खर्च कटौतिको प्रस्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ। सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरु मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्ता पक्षका मान्यहरु समेत सन्तुष्ट छैनौँ। केही नेता र मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट छन्। प्रतिनिधि सभामा त पारित भइसकेको छ, सत्ता पक्षका हामी सांसदले पारित त राष्ट्रिय सभामा पनि गरौँला तर सन्तुष्टिका साथ होइन।’

राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गरे । 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १५:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया