नागरिकताभन्दा राहदानी बनाउने बढी

गत आर्थिक वर्ष २०७९–८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा  नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ । 

गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको संख्या १५ हजार ८६ जना छन् । कार्यालयका अनुसार जिल्लामा आव २०७८–७९ मा सात हजार चार सय नौ र आव २०७७–७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् । 

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए । 

कार्यालयका अनुसार गत आवमा राहदानी बनाएबापत सात करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको छ । जुन आव २०७८–७९ मा तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो । 

साथै राहदानी बनाएबापत कार्यालयले आव २०७७–७८ मा एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको थियो ।





  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार १९:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया