कोशी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको मुद्दामा असार अन्तिम सातादेखि सर्वोच्चमा बहस भइरहेको छ । 

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको समर्थनमा सरकारको दाबी गर्दा सभामुख बाबुराम गौतमको लिखित समर्थन पेस गरेपछि विवाद सुरु भएको हो ।

सभामुख गौतमको उक्त निर्णय र प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको थियो । मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर कार्कीले मुद्दा दायर गरेका थिए ।

गत सोमबार सुनवाइ हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।  





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार ८:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया