कांग्रेस गुट-उपगुटमा नराम्रोसँग फस्यो : विजयकुमार गच्छदार
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताएका हुन् । 

‘केन्द्रीय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रशारण भयो, ऐतिहासिक मानिएको छ । बैठक महत्वपूर्ण भएको छ,’ गच्छदारले भने, ‘समय अभावका कारण नेताहरूले आफ्ना सबै भनाइ राख्न पाएनन् । ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो । नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ ।’

उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । गच्छदारले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।  

‘नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली कांग्रेसको पाइलट सभापति हो, अरू पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली कांग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब  छ,’ गच्छदारले भने । 

उनले देशको राजनीतिक अवस्था खराब रहेको बताए । 






  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १२:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया