‘टेक-एक्स २०२३’को तेस्रो दिन
‘रोबो वार’देखि ‘स्मार्ट सिटी’को अवधारणा एकै थलोमा (भिडियोसहित)

डिल्लीबजारस्थित रहेको सफ्टवेरिका कलेजमा चारदिने ‘टेक–एक्स २०२३’को तेस्रो दिन पनि अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको छ ।  

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी सुरु भएको तेस्रो दिन मेकअप आर्टिस्ट सुस्मा केसी, नेपाली महिला भलिबल खेलाडी प्रतिभा मालीलगायत चर्चित व्यक्तिको उपस्थिति थियो । उक्त प्रदर्शनीमा सफ्टवेरिका कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रविधिका प्रारूप र मोडल प्रदर्शनीमा राखिएका छन् । 

उक्त प्रदर्शनीमा स्मार्ट सिटी, स्मार्ट ट्राफिक लाइट, डढेलो लाग्दा जानकारी दिने प्रविधि, इथिकल ह्याकिङसहित सञ्चारसम्बन्धी विभिन्न पक्षबारे विद्यार्थीले प्रस्तुति दिइरहेका छन् ।



यस प्रदर्शनीको मुख्य आकर्षणको केन्द्रका रुपमा ‘रोबो वार’ रहेको छ । विद्यार्थीले बनाएको रोबोटलाई सुरक्षाको घेराभित्र राखेर प्रतिस्पर्धा गराइन्छ र उक्त रोबोट प्रतिस्पर्धा हेर्न सयौँको संख्यामा मानिसको भीड देख्न सकिन्छ ।



मेकअप आर्टिस्ट सुस्मा केसीले सफ्टवेरिका कलेजका विद्यार्थीहरूले युनिक आइडियाहरू डेभलप गरेको बताइन् । यस्तै, खेलाडी प्रतिभा मलिकले पनि ‘टेक–एक्स २०२३’ प्रदर्शनी एकदमै आकर्षक र रोचक रहेको बताएकी छन् ।

‘मैले यहाँ आएर एकदमै नौलो अनुभव गरेँ । यहाँ मेरो सोचभन्दा बाहिरका प्रोजेक्टहरू छन् । प्रदर्शनी एकदमै रमाइलो छ,’ मालीले भनिन् । 

बिहीबारदेखि सुरु भएको ‘टेक–एक्स २०२३’ प्रदर्शनीकोे उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन् ।

  • प्रकाशित मिति : साउन १३, २०८० शनिबार १७:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया