प्रस्तावित शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न शैक्षिक परामर्श संस्थाहरूको माग

शैक्षिक परामर्श संघले प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदाप्रति आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शैक्षिक परामर्श संस्थाहरूले प्रस्तावित संघीय शिक्षा ऐन २०८० को उक्त दफामा आर्थिक लगानीको सुरक्षाको नाममा धरौटीलगायत विविध सुरक्षा उपायहरूको परिकल्पना समावेश गरिएकोमा आपत्ति जनाएका हुन् ।

शैक्षिक परामर्श पेशा शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिए बापत न्यूनतम शुल्क लिने भएकाले धरौटी रकम आवश्यक नपर्ने हुँदा  शिक्षा एेनको मस्यौदाको दफा ६५ उपदफा ५ र ६ खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

ऐनबाट उक्त बुँदा नहटाए विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत शैक्षिक परामर्श संस्था सञ्चालकहरूले दिएका छन् ।





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १९:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया