पाकिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या ३९ पुग्यो

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित बजौर जिल्लामा एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
 
भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ । 

यस पहिले प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका उल्लेख गरिएको थियो । 

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भने, ‘विस्फोटपछि अस्पतालमा लगिएका मध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।’ 

प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताए । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार २३:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया