जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक जारी
फाइल तस्बिर

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघिबाट सुरु भएको छ । डा. सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको हो ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुँदैछ । उनले अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको बताए । 

उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए । 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १२:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया