क्यानडाका प्रधानमन्त्रीले गरे पत्नीसँग सम्बन्ध विच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी कानुनीरूपमा अलग भएका छन् । ट्रुडो दम्पतीले बुधबार अर्थपूर्ण र कठिन संवादपछि १८ वर्ष लामो वैवाहिक जीवन यात्रा टुंग्याएका हुन् ।  

उनीहरूले छुट्टिए पनि आफूहरूबीच गहन प्रेम र सम्मानसहितको निकटता कायमै रहने बताएका छन् । ट्रुडोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै छुट्टिने सम्झौता पत्रमा हस्ताक्षर गरेपनि दुवैजना सार्वजनिक समारोहमा सँगै देखापर्ने जनाएको छ । 

विज्ञप्तिमा आगामी साता एउटा परिवारकै रूपमा उनीहरू बिदा मनाउन जानेसमेत उल्लेख गरिएको छ । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफी ग्रेग्वायरबीच सन् २००५ को मेमा विवाह भएको थियो । उनीहरूका तीनजना सन्तान छन् ।  

सन् २०१५ को नोभेम्बरमा ट्रुडो प्रधानमन्त्री भएयता सामाजिक समारोह तथा विदेश यात्रामा दुवैजना प्रायसँगै देखापर्ने गरेका थिए । तर पछिल्ला वर्षमा भने सोफी आफ्ना श्रीमानसँग निकै कम देखा पर्ने गरेकी थिइन् ।  

पदमा रहँदै श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने ट्रुडो क्यानडाका दोस्रो प्रधानमन्त्री हुन् । यसअघि यस्तो घोषणा गर्ने पहिलो प्रधानमन्त्री ट्रुडोकै बुबा थिए । 

सन् १९७७ मा उनका पिता पियरे ट्रुडो र आमा मार्गरेट ट्रुडोले ६ बर्से वैवाहिक यात्रा तोड्दै छुट्टिने घोषणा गरेका थिए ।  





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार ९:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया