शेखर कोइरालाको आशंका : ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाउछ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहीनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्जवल रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भएपनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताए । 

‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ । यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पुर्‍याएको छैन । किनभने ठूलो तहको सहभागिता हुन्छ । नेपालको भविष्य नभएको होइन, भ्रष्टाचार हटाउने, सुशासन कायम, दण्डहीनताको अन्त्य, गर्न सक्यौ भने नेपालको भविष्य उज्जवल छ,’ कोइरालाले भने ।

कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गइरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए । 

‘देश अप्ठ्यारो र अराजकतातिर गइरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहीनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाइदिन्छौ, अनि त्यो छुट्छ । जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरू पनि छुटेका हुन्छन् । यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ र गइरहेको पनि छ,’ कोइरालाले भने ।

उनले कुनै घटना भयो, अगाडि बढ्यो भने तीनजना शीर्ष नेताहरूको बैठक र छलफल सुरु हुने भन्दै पत्रकारहरूले यस्तो कुराहरूलाई ध्यानमा राखेर उजागर गर्न सक्ने हो भने देश अगाडि बढ्ने बताए ।   





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार ११:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया